कांग्रेस छाडेको अफवाहलाई अजय द्धिवेदीद्वारा खण्डन

वीरगंज , १ माघ –

नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य अजय द्धिवेदीले आफू कांग्रेस छाडेर अन्य कुनै दलमा नजाने स्पष्ट पारेका छन्।

बिहीबार केही सञ्चारमाध्यममा प्रकाशित समाचारमा द्धिवेदीले रास्वपामा प्रवेश गरेको र बालेन शाह पक्षबाट पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस गरिएको लेखिएको थियो । द्धिवेदीले यसलाई पूर्णतया झूठ ठहराउँदै आफू बदनाम गर्ने नियतले प्रायोजित समाचार आएको दाबी गरेका छन्।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले तत्कालीन लोसपासँग गठबन्धन गरेपछि पर्सा क्षेत्र नम्बर १ मा द्धिवेदीले स्वतन्त्र उम्मेदवारी दिएपछि उनिविरुद्ध अनुशासन कारबाही गरिएको थियो । तर, केही हप्ता अघि कांग्रेस केन्द्रीय समितिले द्धिवेदीसहितका नेताहरूको कारबाही फिर्ता लिएको थियो ।

सम्बन्धित पोस्टहरुः