वीरगंज , २ माघ –
बढ्दो चीसोलाइ मध्यनजर गर्दै सानो दीप नामक गैरसरकारी संस्थाले विहिबार वीरगंजमा असहाय, सडकआश्रित तथा न्यून आय भएका व्यक्तिहरूलाई निःशुल्क कम्बल वितरण गरेको छ । वीरगंजको घण्टाघर क्षेत्रमा आयोजित कार्यक्रममा पिउने पानीसमेत वितरण गरिएको थियो ।
जाडोमा कठिनाइ भोगिरहेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन उद्देश्यले कम्बल वितरण गरिएको संस्थाका प्रियान्शु चौरसियाले बताए । सानो दीप संस्थाका अध्यक्ष कृष पटेलले सानो प्रयासबाट पनि समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताए ।
कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । यस अभियानलाई दुबईमा कार्यरत सखुवा प्रसौनी गाउँपालिका निवासी इन्जिनियर अफजल हुसैनले प्रायोजन गरेको सानो दीप संस्थाका प्रियान्शु चौरसियाले जनाए ।














