पोखरिया, २ माघ ।
पोखरिया नगरपालिका र धोबिनी गापामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
पर्सा निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालय नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पोखरियामा स्थापना भएको छ ।
कार्यालयको उदघाटन निर्वाचन कार्यालय पर्साको मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले शुक्रवार गरेका हुन् ।
यसैगरी निर्वाचन क्षेत्र नं. ४ को धोबनी गापा –४ लंगडीमा निर्वाचनको कार्यालय स्थापना भएको छ। फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थापना गरिएको ती कार्यालयबाट उम्मेदवार दर्ता, निर्वाचन सम्बन्धी सम्पूर्ण काम हुने छ । निर्वाचन आयोगको कार्य तालिका अनुसार उम्मेदवार दर्ता, नामावली प्रकाशन, दाबी–विरोध तथा आचारसंहिता कार्यान्वयनका प्रक्रिया शुरू गरिने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दहाल, प्रमुख सेनानी लोकेन्द्र कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय पर्सा प्रमुख सन्तोष ढुङ्गेल .मधुसुदन आचार्य, बुद्धिलाल श्रेष्ठ शसस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवाल, प्रहरी निरीक्षक प्रदिप पौडेल लगायतको उपस्थिति रहेको थियो।













