रौतहट, २ माघ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले रौतहट जिल्लाको गढीमाई नगरपालिका–८ बरियारपुरस्थित कृषि तथा पशुपन्छी सेवा केन्द्रको उदघाटन गरेका छन्।
शुक्रवार एक कार्यक्रमका बीच मन्त्री परियारले केन्द्रको उदघाटन गरेका हुन् । रिड कार्यक्रम अन्तर्गत निर्माण गरिएको दुर्ई तले भवन करिब २ करोड ३० लाख रुपियाँँ लागतमा निर्माण सम्पन्न भएको हो । सेवा केन्द्र सञ्चालनमा आएपछि गढीमाई नगरपालिकाका किसान तथा पशुपालकहरूलाई कृषि प्रविधि, पशु उपचार, बीउबिजन, प्राविधिक परामर्शलगायत सेवा स्थानीय तहमै उपलब्ध हुने मन्त्री परियारले बताए ।
मन्त्री डा. परियारले कृषि तथा पशुपन्छी क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित संघीय सरकारले सेवा केन्द्रहरूको विस्तार तथा सुदृढीकरणमा जोड दिइरहेको बताए । उनले आधुनिक कृषि प्रणालीमार्पmत किसानको उत्पादन र आम्दानी बढाउने लक्ष्य सरकारको रहेको स्पष्ट पारे ।
गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, वडा नम्बर ८ का वडाध्यक्ष, अन्य जनप्रतिनिधि, कृषक, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नगरप्रमुख यादवले स्थानीय किसानको आवश्यकता अनुसार कृषि पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकतामा राख्दै आएको बताएका छन् ।













