कांग्रेसको आधिकारिकता गगन पक्षलाई, आयोगको निर्णयपछि देउवा समूहको विरोध

वीरगंज , २ माघ – 

निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको पक्षलाई प्रदान गरेको छ। शुक्रबार बसेको आयोग बैठकले पार्टीको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै त्यसबाट चयन भएको नेतृत्वलाई अद्यावधिक गर्ने निर्णय गरेको हो।

आयोगका कानुन शाखा स्रोतका अनुसार २७–३० पुससम्म भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएपछि पार्टी विवरण अद्यावधिक गर्न थापा पक्षले निवेदन दिएको थियो।

उक्त निवेदनविरुद्ध शेरबहादुर देउवा पक्षले आपत्ति जनाउँदै छुट्टै निवेदन दर्ता गराएको थियो।

यस विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिवबीच छलफल भएपछि आयोगले थापा पक्षको पक्षमा निर्णय गरेको हो।

आयोगको निर्णय सार्वजनिक भएपछि देउवा समूहले विरोध जनाउँदै नाराबाजी गरेको छ।

सम्बन्धित पोस्टहरुः