नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक देउवा पक्षद्वारा आह्वान

वीरगंज, २ माघ – 

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनअनुसार भोलि शनिबार बिहान ८ बजे बैठक बस्ने गरी सूचना जारी गरिएको हो।

पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका कार्यसमिति सभापतिहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।

सूचनामा बैठक पार्टीको आन्तरिक संगठनात्मक विषय तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रित रहने संकेत गरिएको छ।

विशेष महाधिवेशनपछिको परिस्थितिमा बस्न लागेको यस बैठकलाई कांग्रेसभित्रको आगामी राजनीतिक तथा संगठनात्मक दिशानिर्देशनका दृष्टिले महत्वपूर्ण मानिएको छ।

सम्बन्धित पोस्टहरुः