वीरगंज, १ असार/
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय गण्डक, वीरगंज मातहत रहेको नारायणी सिंचाइ प्रणालीको बारा खण्ड अन्तर्गत ब्लक नम्बर १० हर्दिया क्याम्पको अध्यक्षमा लालबाबू सिंह निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनको मुख्य दिन असार १ गते उम्मेदवारी दर्ताको समय अवधि तोकिएकोमा मुख्य चारवटा पदमा चारजनाको एकल उम्मेदवारी परेकोले उनीहरुलाई निर्विरोध निर्वाचित गरिएको हो । समितिको उपाध्यक्ष्Fमा वीरेन्द्रप्रताप सिंह, सचिव राजनारायण यादव, कोषाध्यक्ष्F अजय यादव निर्वाचित भएका हुन् ।
११ सदस्यीय समितिको अन्य सातजना सदस्यहरु १० नम्बर ब्लक अन्तर्गत मनोनीत गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत एवं नारायणी सिंचाइ कार्यालय, वीरगंजका प्रमुख मनोरञ्जनकुमार सिंहले जानकारी गराए ।
चार वर्षे कार्यकाल रहने उक्त ब्लकमा १०७ जना किसान मतदाता छन् भने सो क्ष्Fेत्रमा सयवटा टर्सरी अर्थात् सहायक नहरी छन् । सो ब्लकको सिञ्चित क्षेत्र २३२७ हेक्टर जग्गा रहेको नारायणी सिंचाइका सूचना अधिकारी सुरेश साहले बताए । महागढीमाई नगरपालिका–७ को भूतही खोलादेखि सुवर्ण गापा–७ टियर खोलासम्म १० नम्बर ब्लक पैmलिएको छ । पर्साको जानकीटोला, इनर्वादेखि रौतहटको बागमती नदीसम्म ८१ किलोमिटर लम्बाइ रहेको गण्डक नहरमा पर्सामा छ, बारामा छ, रौतहटमा तीन गरी १५ वटा ब्लक रहेकोमा अहिले पर्सा दुई र बारा १० नम्बर ब्लकमा समिति निर्वाचित रहेको र बाँकी १३ वटा ब्लकमा चुनावी प्रक्रिया अगाडि बढेको बताइएको छ ।
Facebook Comments Box