कांग्रेसका नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा तिन एजेण्डामाथि छलफल

वीरगंज , ४ माघ –

नेपाली कांग्रेसका सभापति गगन थापाको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी छ। निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि बैठक बसेको हो।

बैठकमा मुख्यतः तीन एजेन्डामाथि छलफल भइरहेको छ। पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै सबै पक्षलाई एकताबद्ध हुन आह्वान गर्ने, आगामी निर्वाचनका लागि टिकट वितरण गर्न संसदीय समिति गठन गर्ने र प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने विषय बैठकका प्रमुख कार्यसूचीमा रहेका छन्।

यता, पूर्वसभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी तथा संवैधानिक उपचार खोज्ने निर्णय गरेको छ। सानेपामा पूर्वउपसभापति पूर्णबहादुर खड्काको आह्वानमा बसेको बैठकमा शेखर कोइराला पक्षीय नेताहरूको पनि उपस्थिति रहेको थियो।

बैठकपछि पूर्वप्रवक्ता प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णय पार्टी विधान र संविधानविपरीत रहेको दाबी गर्दै त्यसविरुद्ध कानुनी उपचारका साथै राजनीतिक प्रतिवादसमेत गर्ने निर्णय भएको बताएका छन्।

सम्बन्धित पोस्टहरुः