वीरगंज ,३ माघ –
वीरगंज महानगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म गत आवको तुलनामा करिब पाँच करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ।
महानगरको राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार, गत आव २०८१/८२ मा सोही अवधिमा २६ करोड १ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालू आव २०८२/८३ मा ३० करोड ९७ लाख रुपैयाँ सङ्कलन भएको छ।
राजस्व स्रोतअनुसार सम्पत्ति कर ११ करोड ८ लाख, भूमिकर/मालपोत कर ५२ लाख, घरबहाल कर २९ करोड ५७ लाख, बहाल–बिटौरी कर ३० लाख, सवारीसाधन कर ५ लाख ७६ हजार, पूर्वाधार सेवा कर ३६ करोड ६८ लाख, मनोरञ्जन कर ९ लाख, व्यवसाय रजिस्ट्रेशन दस्तुर १ करोड ३० लाख, अखेटोपहार कर ५ करोड १० लाख, सरकारी सम्पत्ति बहाल कर ६५ लाख, बिक्रीबाट प्राप्त राजस्व १२ लाख, अन्य सेवा शुल्क १ करोड ८६ लाख, प्रशासनिक शुल्क २८ लाख, नक्शापास दस्तुर १ करोड, व्यक्तिगत घटना दर्ता दस्तुर २९ लाख, नाता प्रमाणित दस्तुर ८ लाख, प्रशासनिक दण्ड–जरिवाना ४ लाख र बेरुजू १ लाख ४४ हजार सङ्कलन भएको छ।
महानगरपालिकाले राजस्व सङ्कलन वृद्धि गर्न निरन्तर प्रयास गर्दै आएको छ र यसले स्थानीय विकास परियोजना र सेवाका लागि थप स्रोत सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।













