नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली टोलीलाई आज विशेष कार्यक्रमका बीच बिदाइ गरेको छ।
नेपाली टोली भोलि (आइतबार) प्रस्थान गर्ने छ। विश्वकपको तयारीका लागि टोली पहिले श्रीलंका र भारतमा अभ्यास खेल्ने छ। टोलीले श्रीलंका ‘ए’ र मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल्ने कार्यक्रम तय गरिएको छ।
विश्वकप समूह चरणमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्नेछ। नेपालको पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग, दोस्रो खेल माघ २९ मा इटालीसँग, तेस्रो खेल फागुन ३ मा वेस्ट इन्डिजसँग र अन्तिम खेल फागुन ५ मा बंगलादेशसँग मुम्बईको वाङखाडे रंगशालामा हुने छ।
नेपाली टोली:
कप्तान– रोहित पौडेल, उपकप्तान– दीपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बासिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलसन कुमार झा, ललित राजवंशी, शेर मल्ल, लोकेश बम।












