वीरगंज , ३ माघ –
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति पर्साको आयोजनामा आज वीरगंजमा बृहत् क्षेत्रीय भेला सम्पन्न भएको छ।
भेलामा संविधानसभा सदस्य अनिल रुङटा, पर्साका उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव एवं वीरगंज उपप्रमुख इम्तियाज आलम, पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अनिल सिंहसहित क्षेत्रीय नेताहरू र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठनात्मक अवस्था, चुनावी रणनीति र आगामी कार्यदिशाबारे विस्तृत छलफल भएको थियो । सहभागी नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर निर्वाचनमा मजबुत रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र जनमुखी कार्यक्रमलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउन आवश्यक रहेको उल्लेख गर्दै, आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन सबै नेता र कार्यकर्तालाई सक्रिय रूपमा लाग्न आह्वान गरेका थिए ।
नेता तथा कार्यकर्ताहरूले भेलाबाट पार्टीलाई थप सशक्त बनाउने ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिएका छन्।













