जनमतबाट पर्सा -१ मा ओमप्रकाश सरार्फ उम्मेदवार बनाउने तयारी

वीरगंज । जनमत पार्टीबाट पर्सा क्षेत्र नम्बर -१ मा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फलाई उम्मेदवार बनाउने श्रोतले जनाएको छ।

लामो समय देखि समाजिक राजनीतिक क्षेत्रमा सक्रिय रहि समाजसेवा र राजनीतिलाई फरक ढंगले गर्दै आएका नेता सरार्फ पर्सा-१ मा विकल्पको रुपमा देखिएका छन् । जेन्जि आन्दोलनको म्यान्डेट नयाँ र स्वच्छलाई अवसर दिने क्रममा पर्सा-१ लाई आफ्न बलियो आधार क्षेत्रमाको सुचीमा राखेको श्रोतको दावी छ। पछिल्लो प्रदेश सभाको निर्वाचनमा तत्कालीन मुख्यमन्त्री लालबाबु गद्दी संग प्रतिस्पर्धा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका नेता सरार्फले सम्मानजनक मत ल्याएका थिए।

नेता सरार्फ मधेस आन्दोलनमा सक्रिय रही आन्दोलनमा युवाहरूलाई कमान्ड गरेको र पक्राउ परी मुद्दा समेत खेपेका, नरायणी अस्पतालको सुधार एवं बिकासको लागी निरन्तर अभियान चलाएका , लोडसेडिङ विरुद्धको आन्दोलनको नेतृत्व गरेका, मधेस पर्यटन प्रवर्द्धनका लागी तराई मधेसको २२ वाटै जिल्लामा भिजिट मधेसका नामले अभियान चलाउदै आएका अभियन्ता हुन्।

नरायणी रंगशालाको स्तर उन्नति , सिर्सिया नदी बचाउ अभियान लगायतमा पनि वहाँको सक्रिय सहभागीता रहदै आएको छ।
कोरोना महामारीमा फुड फर निडि अभियान सन्चालन गरेर हजारौं सहयोगापेक्षी एवं कोरोना बिरामी र कुरुवाहरु र सडक जनावरहरुलाई खाना लगायत निशुल्क एम्बुलेन्स सेवा सन्चालन गरि समाजसेवामा सक्रिय रहे ।

पछिल्लो वर्ष देखि वहाँ कै नेतृत्व र पहलमा लोककल्याणकारी अभियान अन्तर्गत पर्साका गाउँ गाउँमा निशुल्क आन्खा सिविरको माध्यमले दश हजार भन्दा बढीको निसुल्क अन्खा चेकजाँच र एक हजार भन्दा बढीको निशुल्क मोतिया बिन्दको अप्रेसन समेत भएको छ। वीरगन्ज कपडा बैंकको संस्थापक मध्येका एक नेता सरार्फले प्रत्यक्ष रुपमा हजारौं महिला र युवाहरूलाई सिप प्रदान गरि देश,बिदेशमा रोजगार र स्वरोजगार बनाएका छन् ।

सम्बन्धित पोस्टहरुः