मघेश, ४ माघ –
जनकपुरघाम: पूर्वयुवराज पारस शाह र काठमाडौंका मेयरबाट आजै राजीनामा दिएका रास्वपा वरिष्ठ नेता बालेन शाह जनकपुरघामस्थित एउटै होटलमा बसेका छन्।
जानकारी अनुसार, पारस शाह बेलुकी ९ बजे होटल प्रवेश गरेका थिए भने बालेन शाह पौने ५ बजे पुग्नुभएको थियो। पारस शाह पारिवारिक कामको सिलसिलामा केही दिन होटलमै बस्ने बताइएको छ।
बालेन शाह जनकपुर भ्रमणमा आउनुको मुख्य उद्देश्य आसन्न निर्वाचनको तयारी रहेको बताइएको छ। होटल यात्री निवास वृहत्तर जनकपुर विकास समितिको स्वामित्वमा रहेको छ भने व्यवस्थापन सोल्टी बिजिनेश ग्रुपले गर्दै आएको छ।















