मधेशले अब न्याय पाउँछ – सोबिता गौतम

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ५ माघ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले मधेशले अब न्याय पाउने बताएकी छन्। रास्वपाले आज जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले लामो समयदेखि बलिदानी दिँदै आएको मधेशले अब न्याय र सम्मान पाउने समय आएको उल्लेख गरिन्।

उनले मधेशका मुद्दा केवल चुनावी नारा नभई व्यवहारिक रूपमा सम्बोधन गरिने बताउँदै रास्वपाले समावेशी र उत्तरदायी राजनीति अघि बढाउने दाबी गरिन्।

सभामा विशेष सम्बोधनका लागि काठमाडौँबाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछाने जनकपुरधाम पुगेका छन्। सभा हाल पनि जारी छ।

सम्बन्धित पोस्टहरुः