सशस्त्र प्रहरी बल नेपालको झण्डा मार्च टोली बारा प्रस्थान

वीरगंज, ५ माघ ।  २५औ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा पुस २० गतेदेखि झापाबाट शुरू भएको पूर्व–पश्चिम झण्डा मार्च टोली बारा पुगेको छ । रौतहट पुगेको टोलीले बारा जिल्लाका सशस्त्र प्रहरीलाई झण्डा हस्तान्तरण गरेको छ ।

नेपाल–भारतको सीमा स्तम्भ नं. ३५६/३ नजिकै सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक राम हरि अधिकारी सहितको टोलीले ल्याएको नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बल नेपालको झण्डा सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सीसहितको टोलीलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बौधिमाई नपाका नगरप्रमुख प्रदिप कुमार यादव, सिमौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवार, उपप्रमुख प्रमिला देवी,  रौतहट जिल्लाका प्र.जि.अ. दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रबिन कार्की, राष्ट्रिय अनुसन्धान विभागका रौतहट जिल्लाका प्रमुख उपअनुसन्धान निर्देशक कुमार बुढाथोकी लगायत भारतका एसएसबी अधिकारीहरुको सहभागिता थियो ।

उक्त झण्डा मार्च टोलीले नेपाल–भारतको सीमा इलाकामा पैदल मार्च गर्दै माघ ११ गने पर्सा जिल्लाको सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पी. ठोरीमा पुगेर औपचारिक रूपमा समापन हुने कार्यक्रममा जानकारी गराइएको थियो ।

सम्बन्धित पोस्टहरुः