वीरगंज, ५ माघ । श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न पहिलो खेलमा मोडर्न स्कूल, परवानीपुरले क्याम्ब्रिज स्कूल, रक्सौललाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
खेलको शुरूवातदेखि नै आक्रामक रणनीति अपनाएको मोडर्न स्कूलले खेलभरि दबाब कायम राख्दै सहज जित निकालेको हो। मोडर्न स्कूलका सोहेल मियाँले ह्याट्रिक गोल गरेपछि उनी म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा लिटल फ्लावर स्कूलले कादम्बरी स्कूललाई ३–१ को अन्तरले पराजित गरेको छ । लिटलका साभियो घले म्यान अफ द म्याच घोषित भएको स्कूलका प्रिन्सीपल राकेश मिश्राले जानकारी गराएका छन् ।













