वीरगंज , ६ माघ –
नेकपा एमालेका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादव र २ नम्बरकी उम्मेदवार रिमा यादवले उम्मेदवारी दर्ता गराएका छन्।
जिल्ला समन्वय समिति पर्साको कार्यलयमा स्थापना गरिएको निर्वाचन आयोगको निर्वाचन कार्यालयमा पुगेर उनिहरुले आवश्यक कागजातसहित मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ताका क्रममा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, वीरगंजका पूर्वमेयर तथा एमाले केन्द्रीय सदस्य विजय सरावगीलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार आज देशभर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको छ।
पर्सामा पनि विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराइरहेका














