search

१९ लाखको मोबाइल र घडीसहित भारतीय पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ असार । १९ लाख मूल्य बराबरको मोबाइल र घडीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
भन्सार छली अवैध रुपमा नेपाल भित्र्याई अनाधिकृतरूपमा भण्डारण गरेको सूचनाको आधारमा प्रहरीले वीरगंज महानगरपालिका–३२ बदननगर बस्ने मनोज साहको घरमा भाडामा बस्ने भारत, बिहार पूर्वी चम्पारण, बिसुनपुर बस्ने ३३ वर्षीय ३३ वर्षीय मनोज कुमारको कोठामा छापामारी गरेको थियो । छापा मार्ने क्रममा विभिन्न ब्राण्डका मोबाइल र घडी बरामद भएको जिप्रका, पर्साले जनाएको छ ।
एप्पल, रेडमी, ओप्पो, भिभो, वनप्लस, सामसुङ, रियलमीलगायत कम्पनीका मोबाइल ५९ थान र घडी १८५ थान बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामान १९ लाख १४ हजार मूल्य बराबरको रहेको र कारबाइको लागि आज वीरगंज भन्सार कार्यालय बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads