वीरगंज, ६ माघ । डि.ए.भी. केडिया स्कूलद्वारा सञ्चालित श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत मंगलवार दुर्ई वटा खेलहरू सम्पन्न भएका छन।
पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कूलले जीवन ज्योति स्कूललाई ५–२ गोलको अन्तरले पराजित गरेको छ। उक्त खेलमा साउथ जोनका ज्ञानराज चौधरी म्यान अफ द म्याच घोषित भएका छन्।
त्यसैगरी दोस्रो खेलमा मनकामना सेकेन्डरी स्कूलले मेरीगोल्ड स्कूललाई टाइ–ब्रेकरमा ८–६ गोल अन्तरले विजय हासिल गरेको छ। निर्धारित समयमा दुवै टोली बराबरीमा रहेपछि खेल टाइ–ब्रेकरमा पुगेको थियो । टाइ–ब्रेकरमा मनकामना सेकेन्डरी स्कूलका खेलाडीहरूले उत्कृष्ट धैर्यता र कौशल प्रस्तुत गर्दै जित सुनिश्चित गरेका हुन। उक्त खेलमा मनकामना सेकेन्डरी स्कूलका अमर कुश्वाहा ले म्यान अफ द म्याच को उपाधि प्राप्त गरेको प्रिन्सिपल राकेश मिश्राले जानकारी गराएका छन् ।













