प्याब्सन पर्साद्वारा टि–२० क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता  सञ्चालन हुने

वीरगंज ०७ माघ । प्याब्सन पर्साको आयोजनामा टि–२० नकआउट क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता–२०८२ माघ ८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको छ ।
बुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्याब्सन पर्साले प्रतियोगिता सम्बन्धी जानकारी गराएको हो । बीरगंजस्थित टी.भी. साह क्रिकेट मैदानमा ४० विद्यालयको सहभागीतामा टि–२० नकआउट क्रिकेट प्रतियोगितामा २१ विद्यालय सहभागी हुनेबताइएको छ । जुनियर फुटबल प्रतियोगिता माघ १० गतेदेखि १७ गतेसम्म मधेश प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सञ्चालन हुने कार्यक्रममा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, सचिव अशोक संग्रौला, वरिष्ठ उपाध्यक्ष सुशिला साह, केन्द्रिय सदस्य छेडुप लामा,नगर अध्यक्ष राहुल श्रीवास्तव,सचीव अमित आलोक, सुशील केसी, श्याम केसीलगायतको सहभागिता थियो ।
सम्बन्धित पोस्टहरुः