search

पोखरिया–१० का अध्यक्ष सम्पर्कविहीन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असार । असारे बजेटमा काम गराइरहेका पर्साको पोखरिया नगरपालिका वडा नं १० का अध्यक्ष्F सोनालाल साह गोढ सम्पर्कविहीन भएका छन्।
बजेटको नाममा ठेकेदार एवं अन्य व्यक्तिसँग नगद रकम लिएर जेठपछि पैसा दिन्छु भनी भाका गरेका वडाध्यक्ष गोढ केही दिनदेखि मोबाइलको स्वीच अफ गरेर सम्पर्कविहीन भएको बाराका ठेकेदार मोहनलाल साह कानूले बताए। वडाध्यक्षले रु पाँच लाखको चेक दिएको एक साता बितिसक्दा पनि चेक नसाटिएको र उनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क नभएपछि इलाका प्रहरी कार्यालय, पोखरियामा उजूरीसमेत गरेको उनले बताए। आफूजस्तै अन्य २० जनाको भुक्तानी बाँकी राखी उनी सम्पर्कविहीन भएका छन्।
यस विषयमा इप्रका, पोखरियाका प्रहरी निरीक्ष्Fक मोहनविक्रम केसीले ठाडो उजूरी आएको र उनको अवस्थाबारेमा अनुसन्धान भइरहेको बताए। गाउँलेसँग बुझ्दा उनी कर्जा तिर्नुपर्ने डरले २५ दिनदेखि जनकपुरमा लुकेर बसेका बुझिएको छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads