वीरगंज, ८ माघ –
सशस्त्र प्रहरी नेपाल बल (बाराद्वारा) सशस्त्र प्रहरी नेपाल बल पर्सालाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ।
झण्डा हस्तान्तरण समारोहमा बाराका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम मणि अधिकारिले सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक पूरण चन्द भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदिपराज पाठक, बाराको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटो, वडा नं. ४ का वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी बलले पुष २० गतेदेखि सञ्चालन गरेको सिमा सुरक्षा कार्यक्रम अन्तर्गत गुल्म–काकड़ भित्तासहित पश्चिम नेपालको गड्डाचौकीदेखि तराईका विभिन्न जिल्लामा दुई टोलि परिचालन गर्दै सुरक्षा व्यवस्था सुनिश्चित गर्दै आएको छ ।













