वीरगंज , ८ माघ –
प्याब्सन पर्साको आयोजनामा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता–२०८२ आज उद्घाटन भएको छ ।
बीरगंजस्थित टी.भी. साह क्रिकेट मैदानमा आयोजित समारोहमा प्रतिष्टित व्यवसायी तथा समाजसेवी उपेन्द्र महतोले उद्घाटन गरेका हुन् ।
सो अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारि भोला दाहाल , सशस्त्र प्रहरी बल पर्सा प्रहरी उपरीक्षक पूरणचन्द भट्ट, क्यान नेपालका उपाध्यक्ष रोशन सिंह, प्याब्सनका केन्द्रीय उपाध्यक्ष समिर श्रेष्ठ, वीरगंज महानगरका प्रमुख प्रशासनिक अधिकृत अरविन्दलाल कर्ण लगायतको उपस्थिति रहेको थियो ।
क्रिकेट प्रतियोगितामा ४० विद्यालयले सहभागिता रहेन छ भने जुनियर फुटबल प्रतियोगिता माघ १०–१७ गते मधेश प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा हुने छ । फुटबल प्रतियोगिता २३ विद्यालयको सहभागीतामा रहेने आयोजकले जनाएको छ ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले प्रतियोगिता विद्यार्थीहरूलाई खेलकुदप्रति आकर्षित गर्ने माध्यम मात्र नभई शारीरिक तथा मानसिक विकासको अवसर पनि प्रदान गर्ने बताए । प्रतियोगिता माघ २३ गतेसम्म सञ्चालन हुनेछ र दुबै खेलमा उत्कृष्ट खेलाडी तथा विद्यालयहरूलाई पुरस्कार प्रदान गरिने छ।













