search

साउनदेखि यातायात एकै प्रशासनिक कार्यालयबाट सञ्चालन हुने

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असार । यातायात व्यवस्था कार्यालय मातहत रहेको लाइसेन्स शाखा र सवारी शाखा आगामी आर्थिक वर्षदेखि एउटै प्रशासनिक कार्यालयबाट सञ्चालन हुने भएको छ। सरकारको निर्देशन अनुसार आगामी साउन १ गतेदेखि दुवै कार्यालय एउटै कार्यालयबाट सञ्चालन हुने जनाइएको छ।
सञ्चारमाध्यममा आएको कुरालाई पुष्टि गर्दै यातायात व्यवस्था कार्यालय, लाइसेन्स वीरगंजका प्रमुख कमल गौतमका अनुसार आफूले पनि त्यस्तै खबर पाएको तर परिपत्र आउन बाँकी रहेको जानकारी गराउँदै साउन १ गतेदेखि दुईटै कार्यालय एकै ठाउँबाट सञ्चालन गराउने माथिल्लो निकायको निर्देशन आएको बताए।
विगत पाँच वर्षदेखि दुवै कार्यालय छुट्टाछुट्टै सञ्चालनमा आएको थियो। यातायात व्यवस्था कार्यालय प्रदेश सरकार मातहत आएपछि सवारी र लाइसेन्स शाखा छुट्टाछुट्टै सञ्चालन भएको थियो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads