वीरगंज ०८ माघ । शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत आज सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन।
बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मुनलाइट सेकेन्डरी स्कूलले साउथजोन सेकेन्डरी स्कूललाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। खेलमा मुनलाइट सेकेन्डरी स्कूलका लव गोसाईले प्रभावशाली खेल प्रदर्शन गरेपछि उनी म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा लिटिल फ्लावर स्कूलले मानकामना स्कूलमाथि ३–१ गोलको जित निकाल्दै फाइनल यात्रा तय गरेको छ। लिटिल फ्लावर स्कूलका सागर साह उत्कृष्ट खेल प्रदर्शनका कारण म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताको फाइनल खेल अब मुनलाइट सेकेन्डरी स्कूल र लिटिल फ्लावर स्कूलबीच शनिवार दिउँसो १ बजे सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक राकेश मिश्राले जानकारी दिएका छन।













