वीरगंज , ९ माघ –
नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीले आफ्नाे उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
चौधरीले निर्वाचन अधिकृतले गैरकानुनी रूपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबी गर्दै कैलाली क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गरेका हुन्। साथै, आफ्नो उम्मेदवारी कायम राख्दै निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने अन्तरिम आदेशको मागसमेत अदालतमा पेश गरिएको छ।
चौधरीको निवेदन शुक्रबार दर्ता भएको र प्रारम्भिक सुनुवाइ आइतबार हुने सर्वोच्च अदालतले जनाएको छ।
निर्वाचन अधिकृतले चौधरीको उम्मेदवारी रद्द गर्नुको कारण जन्मकैद सजाय पाइसकेका उनलाई राष्ट्रपतिबाट माफी मिलाए पनि त्यसको अभिलेख रहने भएकाले कानुन अनुसार उम्मेदवारी योग्य नभएको दाबी हो। चौधरी कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए।













