वीरगंज । पर्सामा धुमधामका साथ वैदिक विधिद्वारा सरस्वती पूजा गरिएको छ ।
वीरगंजका विभिन्न सरकारी, निजी विद्यालय तथा टोलटोलमा युवाहरुले सरस्वतीमाताको मुर्ति स्थापना गरि वैदिक विधिद्वारा सरस्वतीको पूजा गरेका हुन् ।
दुई दिनसम्म वीरगंजमा मनाइने सरस्वतीपूजाको आज दोस्रो दिन मूर्ति सेलाउने कार्यक्रम रहेको छ ।
वीरगंज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माविमा बिहानै नुहाई धुवाई गरेर विद्यालय पुगेका विद्यार्थीहरूले पण्डितजीले वाचन गरेका सरस्वती स्तोत्रमा प्रार्थना गर्दै पूजा गरेका छन् । सरस्वती पूजाका लागि विद्यार्थी सहित अभिभावकहरूको समेत सहभागीता थियो भने शिक्षक कर्मचारीहरूको समेत उपस्थिति थियो ।
आज सरस्वतीमाताको मूर्ति सेलाउन विद्यार्थीहरुले सवारीसाधन, डिजे आदिको जोरजोममा व्यस्त छन् ।














