वीरगंज १० माघ –
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा हुने आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ।
कांग्रेसका उम्मेदवार अनिल रुङटालाई विजयी गराउने उद्देश्यसहित पार्टीका शीर्ष नेता, स्थानीय प्रतिनिधि तथा कार्यकर्ताहरू घरदैलो, भेटघाट र संगठन विस्तारमा सक्रिय देखिएका छन्।
अभियानका क्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, सचिव इम्तियाज आलम, पूर्व नगर सभापति विजय सर्राफ, अरबिन्द गुप्ता, भोला कलवारलगायत जिल्ला, क्षेत्रीय र नगर तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक सभापति रामनारायण कुर्मीले लोकतन्त्र र संविधानको रक्षा तथा पर्सा–१ को दिगो विकासका लागि नेपाली कांग्रेसको जित आवश्यक रहेको बताए।
उनले अनिल रुङटा जनतासँग नजिक रहेका, विकासप्रेमी र अनुभवी नेता भएकाले उनलाई अत्यधिक मतले विजयी गराउन कांग्रेस एकताबद्ध भएर लागेको स्पष्ट पारे। कांग्रेसको नेतृत्वमा मात्र शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासले गति लिने उनको भनाइ थियो।
पूर्व सभापति अजय द्विवेदीले पनि अनिल रुङटा पर्सा–१ का जनताको भावना र आवश्यकतालाई बुझ्ने सक्षम उम्मेदवार भएको उल्लेख गरे। कांग्रेस सधैं लोकतान्त्रिक मूल्य, समावेशी विकास र जनहितको पक्षमा उभिँदै आएको भन्दै वर्तमान अवस्थामा अनुभवी र जिम्मेवार नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
अभियानका क्रममा स्थानीय मतदाताहरूले विकास, स्थायित्व र सुशासनका लागि अनुभवी नेतृत्व चाहिने प्रतिक्रिया दिएका छन्। कांग्रेसका नेता–कार्यकर्ताहरूले आगामी दिनमा अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजाने बताएका















