वीरगंज १० माघ। डि.ए.भी.आर.बी. केडिया विद्यालयद्वारा सञ्चालित श्रीशंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८२को उपाधि मुनलाइट सेकेन्डरी स्कुलले उचालेको छ।
शनिवार फाइनल प्रतियोगितामा लिटल फ्लावर स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै मूनलाइटले प्रतियोगिताको उपाधि जित्न सफल भएको हो।
मुनलाइटका सुरेश मुखियाले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच को उपाधि प्राप्त गरे। भने विभिन्न विधातर्फ उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको छ।
उत्कृष्ट गोलरक्षक तर्फ मुनलाइट स्कुलका राहुल पटेल, उत्कृष्ट डिफेन्डर तर्फ रौनक चौधरी, उत्कृष्ट मिडफिल्डर तर्फ लिटल फ्लावर स्कुलका दीपक यादव र उत्कृष्ट स्ट्राइकर तर्फ सागर साह चयन भएका छन।यस्तै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका मुनलाइट स्कुलका अबुलेश गद्दी म्यान अफ द टुर्नामेन्ट घोषित भए भने क्याम्ब्रिज एकेडेमी, रक्सौलले फेयर प्ले टिमको उपाधि प्राप्त गरेको छ।
विजेता मुनलाइट सेकेन्डरी स्कुललाई १५ हजार रुपियाँँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता लिटल फ्लावर स्कुललाई १० हजार रुपियाँँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका कर्नेल लोकेन्द्र कार्की रहेका थिए भने कार्यक्रमको सभापतित्व सुनील केडियाले गरेका थिए। विद्यालयका प्रधानाध्यापक राकेश मिश्र ले प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन र आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्रुयाएको बताए।कार्यक्रमका क्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई कदरपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।















