वीरगंज, १० माघ । नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजको मतगणना अहिले जारी छ ।
नारायणी अस्पतालको छेउमै रहेको संघको सभाहलमा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत डा. अमरनाथ ठाकुरले जानकारी गराए ।
आज बिहान ९ बजेदेखि सांझ ५ बजेसम्म मतदान भएको थियो । कुल ७६६ मतदाता रहेको नारायणी शाखामा आज भएको मतदानमा कुल ४२० जनाले मतदान गरेका छन् । यसको नतीजा राति १२–१ बजेसम्म आउने मुख्य निर्वाचन अधिकृत डा. अमरनाथ ठाकुरको भनाइ छ ।
यो चुनावमा विगत एक महीनादेखि डा. गुप्ता र डा. कुशवाहाको दुई समूह चुनावी रणभूमिमा उत्रेको छ । डा. गुप्ताको यो दोस्रो उम्मेदवारी हो भने डा. कुशवाहाको यो पहिलो उम्मेदवारी हो । संघको कार्यकाल चार वर्ष रहने र १३ सदस्यीय कार्यसमिति निर्वाचित हुने संघको प्रावधान छ ।
नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजको वरिष्ठ उपाध्यक्षमा डा. तरन्नुम खातुन र डा. पशुपतिनाथ भट्ट, उपाध्यक्षमा डा. राम किशोर सिंह र डा. चन्द्रकान्त पासवान, सचिवमा डा. नौसाद हक र डा. विकास साह, सह–सचिवमा डा. अजय कुमार यादव र डा. महम्मद सफरोज अंसारी, कोषाध्यक्षमा डा. शाश्वत प्रसाद र रामाशंकर प्रसाद गुप्ता, सह–कोषाध्यक्षमा डा. विवेक कुमार यादव र डा. रवि कुमार साह तथा सदस्य पदमा डा. संजय कुमार यादव, डा. प्रभाकर राज पाण्डेय, डा. दिपक कुमार चौरसिया, डा. अजय कुमार अस्थाना, डा. रवि कुमार गुप्ता, डा. सुप्रिता गुप्ता, डा. राम प्रकाश ठाकूर, डा. आदित्य प्रकाश यादव, डा. विशाल साह, डा. विनिता सिंह चुनावी प्रतिस्पर्धामा छन् ।
















