नेपाल चिकित्सक संघ नारायणी शाखाको नयाँ नेतृत्व चयन

वीरगंज , ११ माघ –

नेपाल चिकित्सक संघ, नारायणी अञ्चल शाखाको निर्वाचन सम्पन्न भएको छ। निर्वाचन परिणामअनुसार विभिन्न पदमा नयाँ पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका छन्। कुल ४२० मतदाता रहेको निर्वाचनमा सबै मत खसेका थिए भने ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा डा. मनोज कुमार गुप्ता विजयी भएका छन् । उनले कुल २५९ मत प्राप्त गर्दै प्रतिस्पर्धी डा. राजीव प्रसाद कुशवाहालाई पराजित गरेका हुन्। कुशवा १५७ मत पाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा डा. पशुपतिनाथ भट्ट २४९ मतसहित विजयी हुँदा डा. तरुणम खतुनले १५८ मत प्राप्त गरे । उपाध्यक्ष पदमा डा. राम किशोर सिंह २४० मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी डा. चन्द्रकान्त पासवानले १६० मत पाए ।

सचिव पदमा डा. विकास साह २०६ मतसहित विजयी हुँदा डा. नौसाद हकले २०४ मत प्राप्त गरे । सह–सचिव पदमा डा. अजय कुमार यादव २१४ मत ल्याएर निर्वाचित भएका छन् भने डा. महम्मद सफरोज अन्सारीले १९५ मत पाए ।

कोषाध्यक्षमा डा. रामशंकर प्रसाद गुप्ता २१४ मतसहित निर्वाचित हुँदा डा. शाश्वत प्रसादले १८८ मत प्राप्त गरे। सह–कोषाध्यक्ष पदमा डा. विवेक कुमार यादव २११ मत ल्याएर विजयी भएका छन् भने डा. रवि कुमार साहले १८९ मत पाए ।

त्यसैगरी सदस्य पदतर्फ डा. सुमित्रा गुप्ता २८० मत , डा. विनिता सिंह २६७ मत , डा. दीपक कुमार चौरसिया २४३ मत , डा. आदित्य प्रकाश यादव २२४ मत, डा. राम प्रकाश ठाकुर २१५ मत , डा. विशाल साह २०४ मत पाएर निर्वाचित भएका छन्।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्वले चिकित्सकहरूको हकहित, पेशागत मर्यादा तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित पोस्टहरुः