मुनलाइट, फुर्कान, सेन्ट जेभियर्स, गुरुकुल, ज्ञानदा, विकन र साउथजोन विजयी

वीरगंज, ११ माघ।  प्याब्सन पर्सा अन्तर विद्यालय क्रिकेट र फुटबल प्रतियोगिता अन्तर्गत आइतवार क्रिकेटतर्फ ३ र फुटबलतर्फ ४ खेल सम्पन्न भएका छन्।

क्रिकेटतर्फ मुनलाईट स्कुलले मिनील्याण्डलाई ८४ रनले पराजित ग–यो। टस जितेर ब्याटिङ गरेको मुनलाइटले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनायो भने जवाफमा मिनील्याण्ड पुरै ओभर खेल्दा पनि ६१ रनमै समेटियो। यस खेलमा ४५ रनको योगदान दिएका दिलराज यादव म्यान अफ द म्याच घोषित भए।

यस्तै दोस्रो खेलमा फुर्कान एकेडेमी विजयी भयो। नेपाल काभेरीले टस जितेर ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो र उक्त लक्ष्य फुर्कान एकेडेमीले २ विकेटको क्षतिमा १२.२ ओभरमै पूरा गर्दै ८ विकेटको जित हात पा–यो।

तेस्रो खेलमा सेन्ट जेभियर्सले विजयी भएको छ। सेन्ट जेभियर्सले टस जितेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १५२ रनको योगफल तयार गरेकोमा आचार्य एकेडेमी पुरै ओभर खेल्दा पनि ८४ रनमै सीमित रह्यो।

फुटबलतर्फ, गुरूकुल एकेडेमीले गोल्डेन फ्युचर माविविरूद्ध जित हात पा–यो। गोल्डेन फ्युचरका खेलाडीबाट भएको आत्मघाती गोल निर्णायक बन्यो र गुरूकुलका युहान राई म्यान अफ द म्याच बने।

दोस्रो खेलमा ज्ञानदा एकेडेमीले नेपाल काभेरीलाई ३–२ ले पराजित गरेको हो। खेलको म्यान अफ द म्याच ज्ञानदाका अनुरन्जन साह भए।

तेस्रो खेलमा बिकन माविले वीरगंज पब्लिक ई स्कुललाई ८–० को फराकिलो अन्तरले पराजित ग–यो। बिकनका अंश थारू म्यान अफ द म्याच घोषित भए। त्यसैगरी चौथो र अन्तिम खेलमा साउथ जोनले डिएभीलाई ५–० ले पराजित गर्दै विजयी भयो। खेलको म्यान अफ द म्याच साउथ जोनका आयुष चौधरी घोषित भएको प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साहले बताएकी छन्।

सम्बन्धित पोस्टहरुः