विभिन्न पार्टी परित्याग गर्दै सयौँ नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश

वीरगंज , १७ माघ –

विभिन्न राजनीतिक दल परित्याग गरी वीरगंज महानगरपालिका–१३ का सयौँ नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्। वीरगंज–१३ का पूर्व वडाध्यक्ष तूफान फारूक अंसारी र निर्वाचित वडा सदस्य लालमहमद मन्सूरीको नेतृत्वमा उनीहरू एमालेमा समाहित भएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूलाई नेकपा एमाले पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले स्वागत गर्दै शुभकामना दिएका छन । उनले देश विकास, सुशासन र समृद्ध नेपालको साझा लक्ष्यलाई आत्मसात गर्दै प्रतिबद्ध र सचेत नागरिकहरूको एमाले परिवारमा आगमनले पार्टीको अभियान अझ सशक्त हुने विश्वास व्यक्त गरे।

यादवले जनताको पक्षमा काम गर्ने दृढ इच्छाशक्ति र संगठनात्मक एकताका कारण नेकपा एमालेप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो। नवप्रवेशी नेता तथा कार्यकर्ताहरूले एमालेको नीति, विचार र नेतृत्वप्रति भरोसा व्यक्त गर्दै आगामी दिनमा पार्टीका गतिविधिमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

स्थानीय राजनीतिक वृत्तमा यस घटनालाई पर्सा क्षेत्रमा एमालेको संगठन विस्तारका रूपमा लिइएको छ।

सम्बन्धित पोस्टहरुः