सुन–चाँदीको भाउमा ठुलो घटबढ, सुन तोलाको ३ लाखमा कारोबार

वीरगंज , १८ माघ –

आज सुनको भाउ एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेर तोलाको ३ लाख रुपैयाँमा पुगेको छ। हप्ताको पहिलो दिन सुनको मूल्यमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो। शुक्रवार घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि १८ हजार ८ सय रुपैयाँले घटेको हो।

त्यसैगरी चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। बिहीवार चाँदीको मूल्य ७ हजार ५ सय ५ रुपैयाँ थियो भने शुक्रवार ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित पोस्टहरुः