बारा , १९ माघ –
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार ईन्जिनियर अरविन्द साहलाई जिताउन युवाहरु सक्रिय भएका छन्।
बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ (मझौलिया, सोनरनिया), वडा नं. २१ (भोडाहा), वडा नं. २२ (मटिअरिया, मदिलवा) र वडा नं. २५ (सिसहनिया) मा बुथ कमिटी गठनका लागि फाइल तथा म्यागनेटका लागि रजिस्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बालेन शाहका गाउँले दाई/साथी लक्ष्मेश्वर यादव, रास्वपा सदस्य दया सिन्धु कुशवाहा, सचितानन्द मिश्रा, युवा नेता नितेश चौरसिया लगायतको सहभागिता रहेको थियो।
कार्यक्रम दिउँसो १ बजेदेखि राति ८ बजेसम्म सञ्चालन भएको थियो।









