वीरगंज, १९ माघ । सशस्त्र प्रहरी बल नेपालले १५ लाख ५ हजार १०० मूल्य बराबरको एउटा अटो सहित सामान भन्सार दाखिला गरेको जनाएको छ ।
माघ १९ गते वीरगंज महानगरपालिका–१४ गण्डक चोकबाट सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर पर्साबाट खटिएको टोलीले चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रूपमा भन्सार छली नेपालतफै ल्याउँदै गरेको मुल्य रू. ५ लाख ११,१०० मूल्य बराबरको लत्ताकपडा साथै वीरगंज महानगरपालिका–१६ ईनर्वा स्थित बिभिन्न सीमा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.वीरगंजबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा बिभिन्न सवारी साधनहरूमा लुकाई छिपाई ल्याउँदै गरेको मूल्य रू. ५,९६,०००।–बरावरको कपडा, मोवाईल पार्टस, पैसा गन्ने मेसिन, ग्याँस पार्टस, मोटर पार्टसहरू र मुल्य रू.४,००,०००।–बराबरको अटो सहित सामानहरू बरामद गरी आवश्यक कारबाईको लागी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सूचना अधिकारी स.प्र.ना.उ.मोहनराज निरौलाले जानकारी गराएका छन् ।









