एमाले पर्साको जिल्ला भेला शुरु , मुख्य अतिथि बादल

वीरगंज , २० माघ –

नेकपा एमाले पर्साको भेला अहिले वीरगंजमा जारि रहेको छ ।

वीरगंजको नगरसभा गृहमा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर बादल थापाको प्रमुख आतिथ्यमा चलिरहेको छ । भेलाको उद्घाटन उपाध्यक्ष थापाले गरेका हुन् ।

भेलामा पर्साका एकदेखि चारसम्मका एमालेका प्रतिनिधि सभा उम्मेदवार प्रदीप यादव , रिमा यादव , रुपेश पाण्डे , जालिम मियाँसंग परिचयात्मक कार्यक्रम संगै भाबि चुनावी रणनीति र निर्देशन सम्बन्धि जानकारी गराउन भेला केन्द्रित रहेने जनाईएको छ । भेलामा केन्द्रीय उपाध्यक्ष बादलसहित पर्साका चारवटै क्षेत्रका एमाले प्रतिनिधि सभा उम्मेदवार , केन्द्रीय सदस्य विजय सरावगी , निर्मला देवकोटा , समानुपातिक उम्मेदवार एवम मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव , जिल्ला इन्चार्ज प्रभु हजरा , जिल्ला अध्यक्ष विश्वमभर शर्मा लगायतले सम्बोधन गर्ने एमाले पर्साका सचिव महेश दासले बताए ।

सचिव दासका अनुसार भेलामा जिल्ला कमिटि , क्षेत्रीय कमिटि , जनवर्गीय संगठन र प्रेस चौतारीका अगुवा पदाधिकारीको सहभागिता रहेको छ ।

सम्बन्धित पोस्टहरुः