वीरगंज लेडिज सर्कलद्वारा सामूहिक विवाह कार्यक्रम

वीरगंज, २० माघ । वीरगंज लेडिज सर्कल–३ द्वारा ‘आओ एक घर बसाए’ सामूहिक विवाह कार्यक्रम मंगलवार वीरगंजको जैन धर्मशालामा सम्पन्न गरेको छ ।

११  जोडीको सामूहिक विवाह भएको सो कार्यक्रमको नेपाल लेडिज सर्कलका केन्द्रिय अध्यक्ष शिवानी अग्रवाल एवं  वीरगंज लेडिज सर्कलका अध्यक्ष नन्दनी अग्रवालले संयुक्त रूपमा दिप प्रज्वलन गरि शुभारम्भ गरेका थिए ।

सो अवसरमा वीरगंज लेडिज सर्कलका अध्यक्ष नन्दनी अग्रवालले हाम्रो समाजमा रहेका बिपन्न बर्गका छोराछोरीहरूको विवाह आर्थिक अभावले रोकिनु हुन्न भनी हामी सबैको सहयोगमा हिन्दु परम्परा अनुसार सम्पूर्ण रीत पुर्याइ सामूहिक विवाह गरी ११ नव दम्पती एवं परिवारको अनुहार खुशी बनाउने सानो जमर्काे गरेका बताइन् ।

सामाजिक दायित्व अन्तर्गत समाजमा आपसी एकता भाइचारा बलियो बनाउन यसप्रकारको कार्यक्रमले सहयोग पु¥याउने उनले बताइन् ।

कार्यक्रममा समाजसेवी, सामाजिक अभियन्ता, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरू, लेडिज सर्कल नेपाल केन्द्रिय समिति एव वीरगंजका पदाधिकारी सदस्यहरूको साथै नवदम्पतीका परिवार इष्टजनहरूको बाक्लो  सहभागीता रहेको थियो ।

आज बिहान ११ दुलहाहरूको साथ जन्तीहरू नाच्दै गाउँदै वीरगंज नगर परिक्रमा गरी विवाहस्थल जैन धर्मशाला पुग्दा बधुपक्षहरूले दुलहाहरूलाइ द्वारपूजा गरी स्वागत गरि भिœयाए पश्चात वरमाला, कन्या निरीक्षण, अग्नि फेरा सम्पन्नपछि सामुहिक रूपमा बिदाइ गरिएको थियो ।

नवदम्पतीलाई आभुषणमा बिछिया,जेन्टस औँठी, पायल, नथ, ढोलना, लेडिज जेन्टस घडीको साथै सुटकेश, साडी ३ सेट, सर्ट पाइन्ट ३ सेट, शाल ३ सेट, टोपी, बेड, गद्दा, बेडसिट ३ थान, तौलिया सेट, झुल, दिवाल घडी, ट्रन्क(पेटि), दरि, एयर ब्याग, नीलो ब्याग सहितको कम्बल सेट, ग्याँस चुल्हो, राइस कुकर, हिटर, पंखा, केटली, भाडा सेट, बाल्टी सेट, गिलास सेट, पानी जग हैण्ड पर्स, चामल १ बोरा, आटा १ पाकेट, बेसन १ पाकेट, तालाचाबीलगायतको सामानहरू उपहार स्वरूप प्रदान गरेको वीरगंज लेडिज सर्कलका निधि बन्का जटियाले बताइन् ।

सर्कल परिवारको यस्ता पुण्य सुकार्य गरी समाजलाइ सकारात्मक सन्देश दिएको र यसले समाजको साथै देशमा आपसि एकता भाइचारा बलियो हुने सहभागीहरूले जनाउदै खुशीको साथ सर्कल परिवारलाइ हार्दिक धन्यवाद एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै नवदम्पतीहरू को सफल सुख्द जीवनको बधाई  शुभकामना दिएका थिए ।

सम्बन्धित पोस्टहरुः