साउथजोन माविद्वारा खेलकूद कार्यक्रम 

वीरगंज, २० माघ । साउथजोन माध्यमिक विद्यालयको १७औं स्थापना दिवसको अवसरमा नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूका लागि जुनियर खेलकुद कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका सञ्चालक तथा प्रिन्सिपल सरोज प्रसाद चौधरीको सभापतित्व तथा वडा नं. १३ का वडा अध्यक्ष हिरा गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न कार्यक्रममा करिब ८०० जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ । यस अवसरमा कुल ५५ वटा मेडल वितरण गरिएको थियो ।

 

सम्बन्धित पोस्टहरुः