प्रभु बैंकको नयाँ सीईओमा सुमन शर्मा नियुक्त

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २१ माघ –

प्रभु बैंकले आफ्ना नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा सुमन शर्मालाई नियुक्त गरेको छ। बैंकका संचालक समितिले चार वर्षका लागि शर्मालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

सुमन शर्मासँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव छ। उनले सनराइज बैंक, माछापुच्छ्रे बैंक र ग्लोबल आइएमई बैंकमा उच्च व्यवस्थापन तहमा काम गरेका छन्। त्यसबाहेक शर्मा शिक्षा क्षेत्रमा पनि आबद्ध रहि एमबीएका विद्यार्थीलाई भिजिटिङ फ्याकल्टीका रूपमा पढाइ गराउँदै आएका थिए।

शर्माको नियुक्ति बैंकको नेतृत्व परिवर्तन पश्चात् आएको हो। यसअघि प्रमुख कार्यकारी अशोक शेरचनले पदबाट राजीनामा दिएका थिए। नियुक्तिपछि बैंकले आफ्नो व्यवसाय विस्तार र वित्तीय रणनीतिमा थप मजबुती ल्याउने योजना बनाएको बताइएको छ।

शर्माले अर्थशास्त्र, व्यवस्थापन र भौतिकशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। बैंकका अधिकारीहरूले उनको अनुभव र विशेषज्ञताले बैंकको दीर्घकालीन लक्ष्य पुरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः