search

spot_img
spot_img

सूर्य नेपालले आइसिपीमा रोपेको बिरुवा हस्तान्तरण

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंज–१७ अलौंस्थित वीरगंज भन्सार आइसिपी शाखा परिसरलाई सुन्दर र हरियाली बनाउन सूर्य नेपालले सहयोग गरेको छ । तीन वर्षअघि परिसरभित्र रोपेको बिरुवा हुर्किसकेकोले आज एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । सूर्य नेपालका कारखाना व्यवस्थापक सुरेश काजी श्रेष्ठले आइसिपी सञ्चालन एवं व्यवस्थापन गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समिति आइसिपी शाखाका निमित्त प्रमुख हरिराज पौडेललाई हस्तान्तरण पत्र दिंदै हस्तान्तरण गरेको जनाए ।

आव २०७७÷७८ मा अर्थात् तीन वर्ष अगाडि आइसिपीभित्र करीब दुई हजार विभिन्न जातका बिरुवा रोपेकोमा त्यसमध्ये १७ सय बिरुवा जीवित रहेको र हुर्किसकेको अवस्थामा हस्तान्तरण गरिएको हो । वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बडुवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टर्मिनल हेड गणेशबहादुर घिमिरे, वीरगंज उद्योग वाणिज्य सङ्घका महासचिव आशीषकुमार लाठ, अधिकृत मनोज उपाध्यायलगायतको सहभागिता रहेको सूर्य नेपालका कृषि अधिकृत एवं आइसिपी वृक्षारोपण कार्यक्रमका संयोजक नीरज मिश्रले जानकारी गराए ।

उनका अनुसार आइसिपीमा आँप, लिची, अशोक, मसला, सागवान, बोटल पाम, एरेका पामलगायत बिरुवा रोपी स्याहारसुसारको काम तीन वर्षदेखि गर्दै आएको र अब उक्त बिरुवाको हेरचाहको जिम्मेवारी आइसिपी शाखा इन्टरमोडेलको भएको बताइएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads