रास्वपा उम्मेदवार हरि पन्तले  प्रसौनी बिर्ताका मतदाताहरूसंग भेटघाट गरे

वीरगंज, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले  प्रसौनी बिर्ताका मतदाताहरूसंग भेटघाट गरेका छन ।
आज वीरगंज–२३ मा घरदैलो कार्यक्रम गर्दै पन्तले त्यहाँका मतदाताहरू सँग भेटघाट गरेका हुन । घरदैलो कार्यक्रमको शुरूवात  स्थानीय  हनुमान मन्दिरमा पूजा–अर्चना गरेर शुरू गरिएको थियो। त्यसपछि कार्यक्रम  वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो।
घरदैलोका क्रममा उम्मेदवार हरि पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धतावारे जानकारी गराए।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागीतामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
सम्बन्धित पोस्टहरुः