कांग्रेस पर्साको भातृ संस्था उपसमितिमा चौरसिया मनोयन

वीरगंज , २२ माघ –

नेपाली कांग्रेस पर्साले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै भातृ संस्था समन्वय र परिचालन उपसमितिको सदस्य पदमा सुधान्सु चौरसियालाई मनोयन गरेको छ।

उपसमितिका संयोजक अशोक कुमार गुप्ताका अनुसार, सुधान्सु चौरसियालाई पर्साका चार वटै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारलाई निर्वाचनमा सघाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षाका साथ मनोयन गरिएको हो।

जिल्ला कार्य समितिको माघ ८ गते बसेको बैठकमा चौरसियाको मनोयन स्वीकृत गरिएको थियो। सुधान्सु चौरसिया हालै सम्पन्न स्ववियु निर्वाचनमा वीरगंजको ठाकुरराम क्याम्पसबाट स्वतन्त्र उम्मेदवार भएर चुनाव लडेका थिए र उनले चुनावी अनुभव हासिल गरेका छन्।

मनोयनसँगै उनी आगामी निर्वाचनमा कांग्रेस उम्मेदवारहरूको अभियान सुदृढ बनाउन, मतदाता भेटघाट तथा संगठनगत गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ।

सम्बन्धित पोस्टहरुः