फोरजी नेटवर्कलाई चाँडै व्यवस्थापन गर्न वक्ताहरूको सुझाव

वीरगंज, २२ माघ । नेपाल टेलिकमको फोरजी सेवामा अहिले विभिन्न किसिमका समस्या भइरहेकोमा त्यसको समाधान गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

नेपाल टेलिकम नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २२औं वार्षिकोत्सव समारोहमा सहभागी वक्ताहरुले सो कुरा बताएका हुन् ।

बिहीवार नेपाल टेलिकमको निर्देशनालय श्रीपुर वीरगंजका निर्देशक कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले नेपाल टेलिकमले ग्राहकहरू समक्ष आत्म विश्वास बढाउन जरूरी रहेको बताए ।

निजी कम्पनीहरूले ग्राहकहरूलाई फोरजी सेवा छिटोछरितो उपलब्ध गर्दै आइरहेको र त्यसको साथसाथै विभिन्न स्थानमा निःशुल्क सेवा समेत प्रदान गर्दै आइरहेकोमा नेपाल टेलिकमले आफ्नो गुणस्तरीय सेवालाई समयमै सुधार गर्न अतिआवश्यक रहेको धारणा राखेका थिए।

नेपाल टेलिकमका व्यवस्थापक एवं सञ्चालकहरू समयमा आफूहरूलाई सुधार गर्न अति आवश्यक रहेको र टेलिकम भित्र केही आर्थिक अनियमताहरू समेत हुने गरेकोले त्यस्ता अनियमितता गर्नेहरूलाई तुरून्त छानबिन गरी कारबाही गर्न पनि उनीहरूले माग गरेका थिए ।

अहिले नेपाल विद्युत प्राधिकरणमा जसरी एकजना इमान्दार व्यक्तिको कारण सम्पूर्ण व्यवस्थापक नै सुधार भएको जगजाहेर रहेकोले नेपाल टेलिकममा पनि त्यस्तै इमान्दार र सुधार गर्ने कर्मचारीको अति आवश्यकता रहेको वक्ताहरूले बताएका थिए । निजी कम्पनीहरूले हटस्पोटहरू निःशुल्क वितरण गर्नुले नेपाल टेलिकमले आफ्नो गुणस्तरीय सुधार गर्न अतिआवश्यक रहेकोले बेलामा व्यवस्थापक र सञ्चालकहरू नसुध्रे टेलिकम घाटामा जाने उनीहरूले चेतावनी समेत दिएका थिए ।

सञ्चालक र व्यवस्थापकको आसेपासेहरूलाई मात्र बढुवा गर्ने प्रविधिले अन्य कर्मचारीहरूमा वर्षाैं बढुवा नहुने प्रविधिले काम गर्ने मनोबल खस्कन गएकोले त्यसो नगर्न समेत सुझाव दिएका छन् । फोरजी  सेवा चाँडोभन्दा चाँडो सुचारो गर्न अति आवश्यक रहेको धारणा राखेका थिए। वार्षिक उत्सव समारोहमा नेपाल टेलिकमका प्रबन्धक आनन्द लामिछाने उपप्रबन्धक का प्रा. दूरसञ्चार कम्पनी बीरगंजका मनिषकुमार गुप्ता उप प्रबन्धक अमितराज सत्याल, उपप्रबन्धक सुशील सजेल, एनटिसी डब्लुयु प्रादेशिक समितिका अध्यक्ष सुजित कुशवाहा, प्रदिप राज पाण्डे, प्रादेशिक समितिका अध्यक्ष सुरेश प्रसाद कुर्मीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सुशील अधिकारीले गरेका थिए ।

 

सम्बन्धित पोस्टहरुः