वीरगंज, २२ माघ । भारतको सीमावर्ती शहर रक्सौलमा प्रख्यात कथावाचक अनिरूद्धाचार्यको श्रीमद्भागवत कथा सुन्न आज भारत–नेपालका सीमावर्ती क्षेत्रमा रहेका भक्तहरुको ओइरो लागेको छ ।
फेबु्रअरी ५ देखि ११ सम्म रक्सौलको हवाई अडडा परिसरमा आयोजना गरिएको विशाल धार्मिक कार्यक्रममा नेपालबाट पनि ठूलो संख्यामा श्रद्धालु रक्सौल पुगेका छन। सीमापारबाट आएका श्रद्धालुहरू विशाल पण्डालमा कथा श्रवणका लागि उत्साहपूर्वक भेला भइरहेका छन्, जसले यस आयोजनालाई अन्तर्राष्ट्रिय स्वरूप प्रदान गरेको छ।
रिपुराज एग्रो प्राइभेट लिमिटेड, नगर पार्षद सोनु गुप्ता तथा विभिन्न समाजसेवी, धार्मिक संस्था र श्रद्धालुहरूको सहयोगमा सो आध्यात्मिक कार्यक्रम आयोजना गरिएको हो ।








