वीरगंजमा मोटरसाइकल पार्किङको बिषयमा विवाद हुदा एक जनाको मृत्यु

वीरगंज , २६ माघ –

वीरगंज महानगरपालिका–१३ मा मोटरसाइकल पार्किङको विषयमा भएको झडपमा स्थानीय केपीचन्द राउतको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार, राउतको घर अगाडि जबरजस्ती मोटरसाइकल पार्किङ गर्न खोज्दा विवाद बढेको थियो। झडपपछि गम्भीर घाइते भएका राउत उपचारको क्रममा निधन भएको हो।

घटनामा संलग्न अर्जुन यादवलाई प्रहरीले पक्राउ गरेको छ। प्रकरणको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः