वीरगंजमा चोरीको घटनामा वृद्धि : २६ मुद्दा दर्ता

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २६ माघ –

वीरगंज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गरी सुनचाँदी र गरगहनाको चोरीका घटनाहरू बढिरहेका छन्। यही माघ १२ गते वीरगंज –१५ स्थित श्यामकिशोर लाल कर्णको घरबाट करिब ५० लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी भएको छ। चोरीमा तीन जना अपरिचित व्यक्ति संलग्न रहेको प्रहरीले जनाएको छ।

त्यस्तै माघ १३ गते वीरगंज –१४ स्थित लिङ्करोडस्थित वीरेन्द्र सिंहको घरबाट सुन र घडी चोरी भएको उजुरी पनि पर्सा प्रहरीले दर्ता गरेको छ।

पर्सा प्रहरीका नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, अधिकांस चोरीका घटना मान्छे नभएको घरलाई लक्षित गरेर भएको छ।

पर्सामा चालु आर्थिक वर्षको माघ तेस्रो सातासम्म २६ चोरीका मुद्दा दर्ता भएका छन्। त्यसमध्ये ४४ जना प्रतिवादी पक्राउ परेका छन् भने नौ जना फरार रहेका छन्। १३ जना प्रतिवादी पुर्पक्षका लागि थुनामा छन् र २४ जना धरौटीमा छुटेका छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा पर्सामा ३८ चोरीका मुद्दा दर्ता भएका थिए। तीमध्ये ५५ जना प्रतिवादी पक्राउ परेका थिए भने आठ जना फरार थिए। १७ जना पुर्पक्ष थुनामा र ३६ जना धरौटीमा छुटेका थिए।

सम्बन्धित पोस्टहरुः