वीरगंज, २४ माघ –
नेकपा एमाले पर्सा–१ का उम्मेदवार प्रदीप यादवले वीरगंज–१६ नगवामा भव्य घरदैलो र जनता दर्शन कार्यक्रम सम्पन्न गर्दै स्थानीयबाट व्यापक समर्थन पाएका छन्।
शनिबार बिहानै सुरु भएको कार्यक्रममा नगवावासीको उल्लेखनीय सहभागिता देखिएको थियो। यादवले जनताको माया र समर्थनले आफूलाई जितको आश्वासन दिएको बताए। घरदैलोपछि आयोजित कोण सभामा उनले विगतमा गरेको विकास प्रयास र आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा युवाहरूको रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटा, नेता सुन्दर कुर्मी, मानदेव हजरा, अरुण यादव, भुशाल चौरसिया, देवनाथ प्रसाद चौरसिया, मगदिश यादव लगायत स्थानीय नेता–कार्यकर्ताहरूको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो। सहभागी नेताहरूले विपक्षीको प्रचार विपरीत नगवावासी प्रदीप यादवको पक्षमा एकजुट रहेको दाबी गरे।









