वीरगंज–२१ का वडाध्यक्ष रौनियारसहित नेताकार्यकर्ता एमाले प्रवेश

वीरगंज, २४ माघ –

पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २ का वडाध्यक्ष राधाकृष्ण रौनियारसहितका केही जनप्रतिनिधि नेकपा एमालेमा प्रवेश गरेका छन्।

२०७९ को स्थानीय निर्वाचनमा तत्कालिन लोसपा बाट निर्वाचित र अहिले जसपा नेपालमा आबद्ध रहेका वडाध्यक्ष रौनियार, वडा सदस्य बच्चा महतो, कृष्णा दास लगायतका नेताकार्यकर्ता शनिबार एमालेमा प्रवेश गरेका हुन्। कार्यक्रममा पर्सा–१ का उम्मेदवार प्रदीप यादवले उनीहरूलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा यादवले देश विकास, सुशासन र समृद्ध नेपालको साझा लक्ष्यमा एमालेको संगठन बलियो बनेको उल्लेख गर्दै एकता, सामूहिक प्रयास र दृढ संकल्प मार्फत जनताको विश्वासलाई सार्थक बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी र अन्य नेताहरूको पनि उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः