वीरगंज , २४ माघ —
पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–३१ बेलवामा शनिबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
पर्सा–१ का एमाले उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का वडा कमिटी उपाध्यक्ष कुर्बान खानको
नेतृत्वमा सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। खानसँगै अब्दुल रहमान अन्सारी, खलिल अन्सारी, लाल खान, आजाद अन्सारी, सदरे आलम, सकिना खातुनलगायत नेताहरू एमालेमा समाहित भएका हुन्।
नवप्रवेशीहरूलाई उम्मेदवार यादवले अबिर टीका लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै यादवले मधेसका मुद्दा संरक्षण र समाधानका लागि आफू एमालेमा आबद्ध भएको उल्लेख गर्दै मधेसको वास्तविक समस्या समाधान गर्ने क्षमता एमालेसँग मात्र रहेको दाबी गरे।
राष्ट्र र राष्ट्रियता संकटमा परेको अवस्था औंल्याउँदै उनले मुलुकलाई निकास दिन एमालेको विजय आवश्यक रहेको बताए।
कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, प्रदेशसभाका पूर्व सदस्य जन्नत अन्सारी, नेता सुन्दर कुर्मी लगायतको उपस्थिति रहेको








